रुकुम पूर्व ।
रुकुमकोटमा सञ्चालित रुक्मिणी हस्पिटलका सञ्चालक प्रकाश नेपाली पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अवैध गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको प्रकरणमा सञ्चालक नेपालीलाई पनि रुकुमकोट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले अस्पतालकी अर्का सञ्चालक अरुणिमा बुढाथोकीलाई भने तीन लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।
फरार सूचीमा रहेका उनीहरु केही दिनअघि आफै अदालतमा उपस्थित भएका थिए । अदालतले यसअघि उक्त अस्पतालमा कार्यरत डा. रुपेशकुमार सिंह र ती महिलाका प्रेमी गणेश घर्तीलाई पुर्पक्षका लागि कारागार पठाइसकेको छ ।
गत साउन २० गते अवैध रुपमा गर्भपतन गराउँदा २६ वर्षीया पुष्पा घर्तीको मृत्यु भएको थियो । चिकित्सकले अवैध रुपमा गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएर पुष्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुष्पाको मृत्यु भएपछि उनका प्रेमी गणेश र डा. सिंह पक्राउ परेका थिए । सोही क्रममा फरार सूचीमा रहेका नेपाली र बुढाथोकी आफै अदालत उपस्थित भएका थिए ।
प्रतिक्रिया