बिष्णु कुमार आले, अर्घाखाँची ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँची पाणिनी ५ का ७५ बर्षिय पुरूषको मृत्यु भएको छ । अर्घाखाँचीका ७५ वर्षीय पुरुषलाई मंसिर ४ गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान ६ स्१५ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । उनलाई ज्वरो,मुटु रोग, निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो। त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीय महिलाको पनि मृत्यु भएको छ ।
८५ वर्षीय महिलालाई १४ गते कोरोना पुष्टि भएको थियो। ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या आएपछि २८ गते अस्पताल भर्ना भएकी थिइन्। उनको आज बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया