मायादेवी अनलाइन, चारनम्बर ।
११ बर्षीय बालिकालाई आफ्नो कार्यकक्षमा बोलाई यौन दुराचार गर्ने एक शिक्षक पक्राउ परेका छन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योती बोर्डिङ स्कूलका प्रिन्सिपल ४० बर्षीय यम खान पक्राउ परेका हुन् ।
खानमाथि मंसिर ९ गते दिउँसो १२ बजेको समयमा ती बालिकालाई आफ्नै कक्षमा बोलाएर भित्री बस्त्र खोल्न लगाएर गोप्य अंग समाउने कार्य गरेको गम्भीर आरोप छ ।
विद्यालयमा पढ्न आएकी आफ्नी छोरीमाथि प्रिन्सिपलले यौन दुराचार गरेको भन्दै पीडितकी आमाले प्रहरी सामु उजुरी दिएकी थिइन् ।
पीडक खान कपिलवस्तु नगरपालिका वडा नं. १ मालमोटका हुन् । गम्भीर आरोप लागेका खानमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले खानमाथि बालयौन दुराचारमा मुद्धा दर्ता गरेको छ ।
प्रतिक्रिया