९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

तिलौराकोटबारे आधा दर्जन भाषामा जानकारी दिने साहनी २४ दिन पछि भेटिए



मायादेवी अनलाइन, तौलिहवा ।
बेपत्ता भएका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ बर्षीय बाल पथ प्रर्दशक राहुल साहनी २४ दिन पछि फेला परेका छन् । घरमा बुवा रिन्कुसंग बिद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर राहुल गत कार्तिक १७ गते भारतको मुम्बई भागेर गएका थिए ।

नेपालका बिभिन्न संचार माध्यममा राहुल हराएका कुरा बाहिर आए पछि मुम्बईमा बस्ने मानिसले उनलाई शोरहतगढसम्म पुर्याएका थिए । त्यहाबाट बुधवार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ ।

प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले रिन्कु मर्यादपुर क्षेत्रमा भेटिएको बताए । भेटिएका राहुललाई परिवारको जिम्मा लगाइएको उनले बताए ।

बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रर्दशकको काम गर्ने गर्थे । तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुलमा घरबाट बिहान पढ्न हिडेका उनी गत कार्तिक १७ गते बिहानबाट संपर्क बिहीन भएका थिए ।

२४ दिन पछि छोरा भेटिएकोमा राहुलका आमाबाबु खुशी छन । बुवा रिन्कुले छोरा भेटिएकोले निकै खुशी लागको बताए । छोरा खोज्न संचारकर्मी, प्रहरीले धरै सहयोग गरेको उनले बताए ।

कपिलवस्तु नगरपालिका– ६ तिलौरीका उनले अंग्रेजी, नेपाली, अबधी लगायतका आधा दर्जन बिदेशी भाषामा पर्यटकहरुलाई बुद्धस्थलबारे जानकारी गराउने गर्थे ।

विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

उनले पर्यटकहरुलाई तिलौराकोट लगायत बुद्ध स्थलबारे जानकारी दिए बापत केही रकम कमाउने गर्थे । त्यही पैसाले उनले आफनो कापी किताब किन्ने गर्थे ।

यो पनि…स्कूल हिडेका १३ बर्षीय साहनी वेपत्ता, उनले तिलौराकोटबारे आधा दर्जन भाषामा जानकारी दिन सक्थे

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ४ : १४ बजे