९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु



काठमाडौं ।
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालका जेनेरल मेनेजर विकासमान सिंहले बताए ।

बर्दिबास नगरपालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ८ : १८ बजे