एजेन्सी ।
साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ ।
अवे मैदानमा भएको खेलमा थियो वालकोटले साउथह्याप्टनका लागि ५८ औँ मिनेटमा गोल गरि अग्रता दिलाए । तर ७५ औँ मिनेटमा नेटोले वुल्भ्सका लागि बराबरी गोल फर्काएका हुन् ।
वालकोट पुरानो क्लब फर्किएपछि पहिलो गोल गरेका हुन् । ३१ वर्षे वालकोट सन् २००६ मा १६ वर्षको हुँदा साउथह्याम्पटनबाट आर्सनल गएका थिए ।
उनी गएको अक्टोबरमा एक वर्षको लोनमा एभर्टनबाट साउथह्याप्टन आएका हुन् । उनले फेरि बाल्यकालमा फर्किए जस्तो लागेको बताएका छन् ।
बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । टोटनह्याम र लिभरपुलका समान २० तथा चेल्सी र लेस्टर सिटीको समान १८ अंक छ । १४ अंकसहित वुल्भ्स नवौँ स्थानमा पुगेको छ ।
प्रतिक्रिया