१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बालुवा प्रशोधन गर्ने अनुमती पाएपनि दाङमा चलाइयो क्रसर



दाङ ।
मापदण्ड विपरीतका १० क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनले आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले अनुमतिविना सञ्चालित क्रसरलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।

बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेर क्रसर उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रजिअ आचार्यले १५ दिनभित्र बन्द नगरे दर्ता खारेज र थप कानुनी कारबाही गरिने बताए ।

प्रशासनले गणेश बालुवा वासिङ उद्योग, स्वर्गद्वारी स्किन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, केएण्डएस बालुवा प्रशोधन वासिङ उद्योग, मङ्गलम बालुवा प्रशोधनलगायत उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ ।

त्यस्तै बगारबाबा बालुवा प्रशोधन उद्योग, पाण्डेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरि एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द हुने भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  ६ : २५ बजे