काठमाडौं ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगमनको मुख्य बाध्यक ओली–प्रवृत्ति भएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले व्यक्तिका रूपमा प्रधानमन्त्री ओली आफूलाई पनि ज्यादै मनपर्ने मान्छे भएको तर ओली–प्रवृत्ति देशका लागि निकै खराब भएको टिप्पणी गरेका हुन् ।
‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो । व्यक्तिका रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं !’
प्रतिक्रिया