९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तौलिहवा आएर कांग्रेस नेता महतले भने– कांग्रेस अहिले सत्ता साझेदार हुँदैन



मायादेवी अनलाइन, तौलिहवा ।
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन् । ओली र देउवाको भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै ब्याख्या गर्नु पर्ने आवश्यक नरहेको बताए । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने ‘कांग्रेस अहिले सत्ता साझेदारमा जादैन।’

उनले ओलीले देउवालाई बिपक्षी दलसंग संबैधानिक निकाय लगातयका विषयमा मात्र रुलिङ गर्नका लागि भएको दाबी गरे । ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको उनले बताए । उनले अहिलेको सरकारले भ्रष्टाचारमा डुबेको यो कुरा अर्का अध्यक्ष प्रचण्डले नै राजनीतिक प्रतिबेदन पेश गरेर प्रमाणित गरेको उनले तर्क गरे । उनले देशमा अहिले विदेशी हस्तक्षेप समेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए । ‘ओलीले देखाएको सपना सबै झुठो साबित भएका छन्, जनताले सबै कुरा बुझेका छन्’ उनले भने।

नेकपाको दुई तिहाईको सरकारलाई जनताले हेरी सकेकोले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिने उनले बताए। नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको तर २० अर्व रुपैयाँको लेखाजोखा समेत नभएको बताए। कोभिड अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए ।

उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिबेशन समेत कोभिडका कारण अन्यौलमा परेको बताए । उनले फागुसनमा महाधिशेन हुन कठिनाई हुने बताए । उनले पार्टीको केन्द्रीय नेताहरु बीच ठूलो मतभिन्नता नरहेको दाबी गरे । आफू उम्मेदवार हुने भएकाले केही कुराहरु केन्द्रीय नेताबाट आएको र त्यसलाई ठूलो मत भिन्नता भन्न नमिल्ने उनले बताए । युनियका जिल्ला सभापति गोपाल भन्डारीको अध्यक्षता, मणि गैरे र युनियनका उप सभापति खगप्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबि संघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य लगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७ सोमबार ००:००  ३ : ४० बजे