मायादेवी अनलाइन, कपिलवस्तु ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्शेर अलि मियाँले कोभिड १९ को महामारीबाट मारमा परेको अर्थतन्त्र माथी उकास्न महासंघमा आफनो उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले कोभिड १९ का कारण उद्योग व्यवसाय आक्रान्त भएको बताउदै आफु महासंघमा पुगेपछि उद्योगमैत्री निति निर्माण बनाउन विशेष भूमिका खेल्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएका मियाँले नेपाली अर्थतन्त्र आत्मनिर्भर बनाउन स्वदेशी उद्योग व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने समेत बताउनुभयो ।
उहाँले आफु केन्द्रिय कार्यकारिणी समितिमा पुगेपछि समग्र उद्योगी व्यवसायको हकहित र संरक्षणमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले अहिलेको नयाँ नेतृत्वले साना, मझौला र ठुला उद्योगको प्रवर्धनमा केन्द्रित भएर कोभिड १९ बाट मारमा परेको अर्थतन्त्रलाई माथी उठाउनु अहिलेको चुनौती समेत रहेको बताउनुभयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष समेत रहनुभएका अली मियाँले उद्योगी व्यवसायको समस्यालाई राम्रो संग अनुभव गरेको बताउनुभयो । उहाँले व्यवसायीका समस्यालाई समाधान गर्न सरकारी संयन्त्रसंग पैरवी गर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकले सम्बृद्धि हासिल गर्ने भएकाले अर्थतन्त्र मजबुत बनाउन सरकारले विशेष आर्थिक पुर्नउत्थानका प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुुभयो ।
साथै उहाँले सवै क्षेत्र र संरचना समावेशी भइरहेका बेला महासंघलाई पनि समावेशी बनाउदै लैजानुपर्ने समेत बताउनुभयो । मियाँ विगत २ दशकदेखि विभिन्न उद्योग व्यवसाय संचालन गर्दै आउनुभएको छ । सफल उद्योगीको रुपमा पहिचान बनाउन सफल मियाँले कपिलवस्तुमा विभिन्न उद्योग धन्दा संचालन गरेर रोजगारी समेत सिर्जना गर्नुभएको छ ।
प्रतिक्रिया