१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कर प्रशासन र करदाताबीच सहजीकरण गर्छौः प्रमुख कर अधिकृत पाण्डे



हरि अधिकारी, कृष्णनगर कपिलवस्तु ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले कर प्रशासन र करदाताबीचको सहजीकरण गर्ने दायित्व आफनो भएको बताउनुभएको छ । उहाँले कर प्रशासनले तोेकेका कानुनी दायित्व भित्र रहेर आफुले करदातालाई सहजीकरण गर्ने बताउनुभएको हो ।

कार्यालयले नवौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७७ को अवसरमा कृष्णनगरमा आयोजना गरेको करदाता सम्मान तथा समापन कार्यक्रमको बोल्दै प्रमुख पाण्डेले करदाता र कर प्रशासन बीचको समन्वय र सहकार्यले नै राष्ट्रको सम्बृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

कपिलवस्तुमा भर्खरै सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत पाण्डेले करदाता आफै कर अधिकृत भएको स्पष्ट पार्दै करदाताको कारोवार, तिनका विवरण र तिरेको करको आधारमा नियमानुसार आफुहरुले सेवा प्रवाह गर्ने बताउनुभयो । कर राष्ट्रको महत्वपूर्ण क्षेत्र भएकाले कोभिड १९ को महामारीबाट मारमा परेको अर्थतन्त्र र उद्योगी व्यापारीलाई परेका मर्कालाई पनि सरकारले आत्मसाथ गरेको पाण्डेले स्पष्ट पार्नुभयो । उहाँले कोभिड १९ बाट आर्थिक क्षेत्र आक्रान्त भएको हुँदा सरकारले आर्थिक पुर्नउत्थानका कार्यक्रम ल्याएर आत्म निर्भर अर्थतन्त्रमा जोड दिनुपर्र्नेे बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले करको दायरा भन्दा बाहिर गएका व्यवसायीबाट अन्य व्यवसायी मर्कामा परेको बताउदै त्यस्ता कारोवार र व्यवसायलाई पनि सरकारले उपर्युक्त वातावरण बनाएर करको दायरामा ल्याउन सुझाव दिनुभयो ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अली मियाँले कर कार्यालयले पारदर्शी र प्रविधी मैत्री भएर करदातालाई सेवा दिइरहेको बताउनुभयो । उहाँले हिजोको जस्तो अवस्था अहिलो नभएको भन्दै कर राजश्व छली गर्न कसैले पनि नमिल्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ५ : १८ बजे