काठमाण्डौ ।
सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ ।
अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । बलात्कारसम्बन्धी कानुनलाई थप कडाइ गर्न कानुन मन्त्रालयले अध्यादेश तयार पारेको हो । महिला अधिकारकर्मीले बलात्कारका घटना लगातार बढिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै केही समययता दबाब दिइरहेका छन् ।
प्रतिक्रिया