मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका मधुवन क्षेत्रबाट ट्याक्टर नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल गुल्म २८ नम्बर गण कपिलवस्तुको कमाण्डमा गएको सशस्त्र प्रहरी कपिलवस्तु र सशत्र प्रहरी पिपराको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
मधुवन अन्तरगत पर्ने वाणगंगा नदीबाट ढुङ्गा लोड गर्दै गरेको लु ३ त ३७२६ नम्बरको ट्याक्टर सशत्र प्रहरी पिपराले मंसिर ६ गते बिहान २ बजे नियन्त्रणमा लिएको हो । नदीबाट अनाधिकृत रुपमा ढुङ्गा लोड हुँदै छ भन्ने सुचना पाएपछि सशस्त्र प्रहरी पिपराका सई मिश्री प्रसाद केसीको नेतृत्वमा पुगेको ११ जनाको टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देखेपछि चालक सहित २५–२६ जनाको समुहमा रहेका उनीहरु भने भागेका थिए । साथै उनीहरुले प्रहरी माथि ढुङ्गा प्रहार गरेको सशस्त्र प्रहरी पिपराका प्रमुख अर्जुन प्रसाद ढकालले जानकारी दिनुभएको छ । २५–२६ जनाको समुहमा रहेका उनिहरुले ढुङगा प्रहार गरेर भागेको उहाँले मायादेवीलाई बताउनुभयो ।
पछिल्लो समय सशस्त्र प्रहरीले सिमा नाकामा हुने विभिन्न चोरी तस्कारी, तथा अवैध कामलाई कडा निगरानी गरेको सशत्र प्रहरी उपरिक्षक धुव्र कार्कीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको ट्याक्टर अहिले सशस्त्र प्रहरी बल पिपराको नियन्त्रणमा छ भने ट्याक्टर धनि अहिलेसम्म पनि प्रहरीको सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल पिपराले जनाएको छ । हिजो शनिबार भएर कुनै प्रक्रिया नभएकोले आज ट्याक्टरलाई जिसस वा नगरपालिका कहा राख्ने भन्ने बारे टुंगो लाग्ने प्रमुख ढकालले बताउनुभएको छ ।
उहाँले आफुहरुको टोली २४ सै घण्टा गस्तीमा खटिएको भन्दै नदीजन्य पद्धार्थको चोरी भएको जानकारी पाउन साथ जादै गर्दा तस्करहरु भाग्ने गरेको बताउनुभयो । कहि कै नदीजन्य पद्धार्थको चोरी भएको थाहा पाएमा खबर गर्न पनि उहाले आग्रह गर्नुभएको छ । पछिल्लो समय वाणगंगा नदीबाट नदीजन्य पद्धार्थको दोहन बढेको छ । रातको मौकापारी तस्करहरुले नदीजन्य पद्धार्थको चोरी निकासी गर्ने गरेका छन् ।
प्रतिक्रिया