विकास बन्जाडे, कपिलवस्तु ।
गरिविका कारण समयमै उपचार नपाउँदा कपिलवस्तुका एक युवक विगत १८ बर्षदेखी ओछ्यानमै थला परेका छन् । जिल्लाको बुद्धभुमी नगरपालीका ५ राजपुरका २५ बर्षिय युवक कमल थापा गरिविका कारण समयमै उपचार नपाउँदा विगत १८ बर्षदेखी ओछ्यानमै थला परेका हुन् ।
बुटवल र भारतका विभिन्न ठाउँमा शुरुका दिनमा उपचार गर्दा सम्पुर्ण सम्पती सकिएको मात्र छोइन गत कार्तिक ११ गते उनका बुबा भुपेन्द्र बहादुर थापाको निधनसँगै यस परिवारमा विचल्ली भएको छ । सानै उमेरमा मस्तीस्क ज्वरोबाट बाट ग्रस्शीत कमलको पछिल्लो समय रकम अभावले उपचार हुन नसकेको स्थानीय जनप्रतिनिधी सरस्वती कुँवर बताउनुहुन्छ ।
तीन तहका सरकारको अलावा कपिलवस्तु जिल्लामा गरिवि र विपन्न समुदायको जिवनस्तर उचाल्ने नाममा दर्जन बढि गैंर सरकारी संस्था भएपनि यी पिडित परिवार प्रति कसैको ध्यान पुगेको छैन । जसले गर्दा पहुँचवाला बाहेक गरिव विपन्नले उपचार अभावमा जिवनमरणको संघर्ष गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् ।
प्रतिक्रिया