प्यूठान ।
कोभिड १९ को संक्रमणका कारण बन्द रहेका प्यूठानको स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउँपालिका भित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् ।
नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने दुवै स्थानीय तहले शनिबार निर्णय गरेका हुन् । ऐरावति गाउँपालिकास्तरीय सर्वपक्षीय सर्वदलीय बैठकले मंसिर ७ गते आइबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।
प्रतिक्रिया