जनकपुरधाम ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ । शनिबार बिहान देशभरका वर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य देवको पूजा गरि मनाइने छठ पर्व सम्पन्न गरेका हुन् । यो पर्व विशेष गरि तराई मधेशमा उल्लासका साथ मनाइन्छ । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकासहित देशभर यो चाड उल्लासका साथ मनाउने गरिएको छ ।
शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व सम्पन्न भएको हो । छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको थियो । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्वको समापन भएको हो । छठ पर्व बुधबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बुधबार नहाई खाई, दोस्रो दिन बिहीबार खरना मनाइएको थियो ।
प्रतिक्रिया