कपिलवस्तु ।
कोरोना संक्रमणको महामारी बीच अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो । यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी सामुहिकरुमा यो पर्व मनाएका हुन ।
कोरोना महामारी कै बीच भक्तजनहरुले त्यसको प्रवाह नगरी बिना मास्क र स्वास्थ्य मापदण्डको पालना नगरी सामुहिक पुजापाठमा ज्टेका हुन । प्रशासन कार्यालयले घर घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन । यधपी यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या भने कम थियो । यस बर्ष कोरोनाले गर्दा भक्तजनको संख्या घटे पनि आस्था भने नघटेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए ।
भक्तजनह जम्मा भएर सामूहिक रुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयका सहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी पुजाआजा गर्नाले सुख संमृद्धी साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ ।
उनीहरुले उक्त नदीमा पुजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अर्र्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए । छठ पवका लागि पुजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो । समितिले टेन्ट, लगायतका सामग्रीहरुको ब्यस्था गरेको थियो । चार दिन सम्म मनाईने छठ शनिवार बिहान संपन्न हुदैछ । बुधवार चोखो भोजनग्रहणगर्ने, बिहीवार सुर्यास्त पछि एक छाक खाने, शुक्रवार अस्ताउदो र शनिवार उदाउदो सुर्यलाइृ अध्र्य दिने चलन छ । पुजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।
प्रतिक्रिया