काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आक्रोशित बनेका छन्।
प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको बैठकमा प्रचण्डविरूद्ध आक्रोशसमेत पोखेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन्। दुई अध्यक्षबीच विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल प्रचण्डलाई भेट्न गएका हुन्। यसअघि पनि उनी प्रचण्डलाई भेट्न उनको निवास खुमलटारमा पुग्ने गर्थे।
प्रतिक्रिया