१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जर्जियामा फेरि गनिएको मतमा पनि जो बाइडेन विजयी



एजेन्सी ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई फेरि अर्को एक झट्का लागेको छ । ​जर्जिया राज्यका चुनाव अधिकारीहरुले जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका हुन् ।

त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि चलिरहेका थिए तर ट्रम्प खेमाको आपत्ति पछि फेरि मत गनिएको थियो । कुल मतको हिसाबमा अहिले जो बाइडेनको जितको अन्तर ५९ लाखभन्दा धेरै छ । अमेरिकाको इलेक्टोरल कलेज मतको अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जितको लागि २७० मत आवश्यक पर्छ । जो बाइडेनले फेरि एक पटक हार स्वीकार नगरेको भन्दै डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनको व्यवहारलाई गैरजिम्मेवार बताएका छन् । उनले भने, ‘ट्रम्पलाई आफूले जित्दिनँ भन्ने लागेको थियो ।’

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  २ : ०४ बजे