१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकलामा अरुणा अर्याल प्रथम



मायादेवी अनलाइन कपिलवस्तु ।

लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ क्याम्पसकी अरुणा अर्याल प्रथम भएकी छिन् । सामुदायिक सूचना नेटवर्क (सिआईएन) को आयोजनामा भएको प्रदेश स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ क्याम्पस वाणगंगामा अध्ययरत अरुणा अर्याल प्रथम भएकी हुन्। सिआईएनको साप्ताहिक कार्यक्रम ‘हेलो सांसद’ अन्तरगत विहिबार आयोजित १२ जिल्लाका सहभागी प्रतियोगितामा सिद्धार्थ क्याम्पसकी अरुणा अर्याल प्रथम भएकी छन् । खुला सांसद र मेरो भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अर्यालले आफनो विचार राखेकी थिइन् ।

सोही कार्यक्रम अन्तरगत भएको हाजिरी जवाफ प्रतियोगितामा प्युठान क्याम्पस खलंगा प्रथम, रेसुंगा बहुमुखी क्याम्पस द्वितीय र सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुले तृतीय स्थान हासिल गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ क्याम्पसको तर्फबाट अरुणा अर्याल, गंगाराम अर्याल र यमुना पौडेल सहभागी जनाएका थिए । हाजिरी जवाफ प्रतियोगितामा लुम्बिनी प्रदेशसभा, संसदीय समिति, अभ्यास, प्रक्रिया र वर्तमान अवस्थाको बारेमा प्रश्न सोधिएको थियो ।

सिआइएनले आयोजना गरेको भर्चुअल हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रत्येक सामुदायिक क्याम्पसको तर्फबाट ३ ३ जना विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा उत्कृष्ट हासिल गर्नेलाई पुरस्कारको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  १ : ३० बजे