१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाविरुद्धको खोपको परीक्षण ९४ प्रतिशत सफल भएको दाबी



एजेन्सी ।
फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ ।

अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ ।

दुवै कम्पनीले अब खोपको आपतकालिन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने जनाएका बीबीसीले खबरमा उल्लेख । विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ । अघिल्लो हप्ता कम्पनीले खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो । भने सुरक्षाको लागि पनि कुनै चिन्ता नलिन आग्रह गरेको थियो । अझै पूरा नतिजा आउन बाँकी छ । तैपनि उसले फेरि सुरक्षालाई लिएर गम्भीर असर नभएको बताएको छ ।

परीक्षणमा सम्मिलित ४२ प्रतिशत मानिस अलगअलग उमेर समूहका रहेका छन् । ४१ प्रतिशत ५६ देखि ८५ वर्ष उमेर समूहका रहेका थिए । अहिले अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनमासमेत गरी विश्वभर १ सय ५० ठाउँमा भ्याक्सिनको परीक्षण चलिरहेको छ ।

कम्पनीले सन २०२० को अन्त्यसम्ममा पाँच करोड डोज र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन गर्ने जनाएको छ । बेलायतले यो खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेको खोपको पनि १० करोड डोजको अर्डर गरिसकेको छ ।

अक्सफोर्डले पनि आफूले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षणको नतिजा छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७ बिहिबार ००:००  ७ : ४२ बजे