१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कालिज सिकार गर्न गएका घर्तीको आफैंले बोकेको बन्दुक पड्किएर ज्यान गयो



दाङ ।
दाङमा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ का ४१ वर्षीय भोज बहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलबार राति करिब साढे ८ बजेतिर सोही ठाउँका अर्का टोपबहादुर घर्ती र भोज बहादुर बन्दुक लिई कालिज सिकार गर्न जाने क्रममा भीरबाट लडेका र टोप बहादुरले बन्दुक लिने क्रममा पड्किँदा भोजबहादुरको पेटभन्दा माथि गोली लागेको थियो।

घटनास्थलमै भोजबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

त्यसैगरी प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ९ : ४९ बजे