१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तौलिहवाका कानुन व्यवसायी पाण्डेलाई कोरोनाले लग्यो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका–३ तौलिहवाका कानुन व्यवसायी राजेन्द्र पाण्डेको कोरोनाका कारण बुधबार निधन भएको छ । ७० वर्षीय पाण्डेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दीर्घ रोगको समस्या रहेका उनमा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि मंगलबार भैरहवा लगिएको थियो। बिहान १० बजे भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।

मृत्युपछि सङ्क्रमण भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताएका छन् ।

योसँगै जिल्लामा १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कपिलवस्तुमा बुधबारसम्म १ हजार ७ सय ८१ जनामा कोरोना सङ्क्रमित भएका छन्। ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ९ : ३५ बजे