१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्छः प्रवक्ता श्रेष्ठ



काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने बताएका छन्।

सचिवालय बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखेका छन्। तर पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताएका हुन्।

‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ,’ प्रवक्ता श्रेष्ठले बुधबार बिहान गरेको ट्वीटमा उल्लेख छ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  १० : १३ बजे