१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अनलाईन इन्टरनेशनल करातेमा नेपाललाई ४ स्वर्ण



काठमाडौं । अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनलमा नेपालका रविन्द्र मानन्धरले स्वर्ण पदक हात पारेका छन् ।

क्यानडा कराते संघको आयोजनामा भएको प्रतियोगिताको डिभिजन जीको ४० वर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् ।

ब्मक दथ ब्मःबलब।लभत
नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए ।

नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३।५२ अंक जोडेका थिए । पराजित माईकले २२।०६ अंक प्राप्त गरेका थिए ।

मानन्धरले १५ दिन अघि मात्र पनि कराते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाईन कराते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।

प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ ।

महिला डिभिजन ३९ अन्तरगत ब्लु देखि ब्राउन बेल्ट समूहमा नेपालकी निता आचार्यले २४।७२ अंकका साथ स्वर्ण जितिन् । आचार्यले युबिसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिईन् । थीले २४।१० अंक प्राप्त गरेकी थिईन् ।

निताले अक्टोबर ३० र ३१ मा नेशनल कराते अफ ब्राजिलको आयोजनमा भएको अनलाईन कराते वल्र्ड च्याम्पियनसिमा पनि स्वर्ण हात पारेकी थिईन् । यस्तै निताले केरला कराते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाईन ईन्टरनेशनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिईन् ।

नेपालका लागि अर्को २ स्वर्ण सन्जु देसार र मनिष कार्कीले जिते। सञ्जुले डिभिजन २७ अन्तरगत महिला १४– १५ वर्ष ब्लु देखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । सञ्जुले २३।६२ अंक जोडेकी थिईन् भने पराजित क्वानले २२।२८ अंक जोडेकी थिर्ईन् ।

यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४–१५ वर्ष ब्लु देखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनिषले २४।४६ अंक प्राप्त गर्दा हिरोकीले २४।१६ अंक प्राप्त गरेका थिए ।

नरहरीपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिन कुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफ अन्तरगत पुरुष ब्लाकबेल्ट ईलाईटमा स्वनिम मानन्धरले २२।९२ अंकका साथ कास्य प्राप्त गरे । यस्तै डिभिजन डी पुरुष १६–१७ बर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले २२।४० अंकका साथ कास्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।

बिजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए ।

प्रतियोगितमा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७ मंगलबार ००:००  ३ : ५० बजे