धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार मृत्यु भएको जानकारी दिएका छन् । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया