१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

चिकित्सा क्षेत्रमा ठुलो क्षति, कोरोनाले लियो थप २ डाक्टरको ज्यान



काठमाण्डौँ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ७ : ०५ बजे