काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोप झूटो भएकाले जवाफ नदिने बताउनुभएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा ओलीले झुटो आरोपको जवाफ दिनु कुनै जरुरी नभएको बताउनुभएको छ । आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को चरम कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
बैठकमै बसेर आरोपको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालको सुझावमा ओलीले यस्तो अडान राख्नुभएको हो । ओलीले आफूमाथिको आरोपलाई वाहियात र झुटा भन्नुभएको छ । तर नेपालले अर्को किनारामा नपुग्न सुझाव दिनुभएको छ ।
शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ ।
सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाउनुभएको छ ।
प्रतिक्रिया