१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

तिहार पर्वलाई सु-संस्कारमा विकास गर्दै विकृतीलाई हटाऔंः नेकपा कपिलवस्तु



मायादेवी अनलाइन, चार नम्बर ।
नेकपा कपिलबस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाहद्धारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपालीहरुको महत्वपूर्ण तिहार पर्व २०७७ सालको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँहरुले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सु–स्वास्थ्य, दीर्घायु एवम् समृद्धिको कामना पनि गर्नुभएको छ ।

जारी शुभकामना सन्देशमा पर्वलाई सकारात्मक सांस्कृतिक मूल्य मान्यतालाई स्थापित गर्दै पर्वका नाममा हुने विकृत पक्षलाई हटाउदै लैजानुपर्नेमा जोड दिइएको छ ।

तिहार पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरु बीच सहयोग र सहकार्यमा प्रेरणा प्रदान गर्ने विश्वास गर्दछौँ, बिज्ञप्तीमा भनिएको छ ।

जारी विज्ञप्तीमा कोभिड–१९ का कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पूर्णपालन गर्दै तिहार पर्व मनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा चाड पर्वका नाममा हुने जुवा, तास जस्ता कार्यलाई निरुत्साहित गर्न र त्यस्ता कार्यमा संलग्न नहुन आग्रह गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ६ : २४ बजे