१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नागरिकका अपेक्षा पूरा गर्न दृढ संकल्पित छौंः मुख्यमन्त्री



मायादेवी अनलाइन, चार नम्बर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पूरा गर्न दृढ संकल्पित रहेको उल्लेख गर्नुभएको छ ।

मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री पोखरेलले समृद्ध र समतामुलक समाज निर्माण गर्ने अभियानमा जुटिरहेको दाबी गर्नुभएको छ ।

समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रदेशका सबै राजनैतिक दल, समुदाय, संघ संस्था र आम नागरिकलाई उहाँले आग्रह गर्नुभएको छ ।

हिन्दु नेपालीहरुको महान चाड तिहार र नेपाल सम्वत ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले नेपाल सम्वत नेपाली परम्परा र मौलिकतासंग गाँसिएको उल्लेख गर्नुभएको छ । शंखधर साँख्वाले गरिबको ऋणमोचन गरेको खुशीयालीमा शुरु भएको नेपाल सम्वतले सामाजिक विभेदको अन्त्य र समानताको स्थापनामा सधैँ महत्व राख्ने उहाँको भनाई छ । ‘साँख्वाले गरेको योगदानको सम्झनाले नेपाली समाजमा परोपकारी भावना फैलाउन मद्दत गरेको छ । नेपाल सम्बतकाप्रवर्तक शंखधर साँख्वालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान दिनु महत्वपूर्ण काम हो, उहाँले थप भन्नुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ६ : १८ बजे