१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कोरोनाबाट पाल्पामा एकैदिन दुई जनाको मृत्यु



पाल्पा ।
पाल्पामा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुई जनाको आइतबार मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा बगनासकाली, चिर्तुङधाराकी ६३ वर्षीया महिला र युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा माथागढी कसेनीका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ६३ वर्षीय महिलाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका कोभिड फोकल पर्सन प्रदीप खनालले बताए । उनमा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो ।

मिसन अस्पतालमा मृत्यु भएका ४३ वर्षीय पुरुषमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट जिल्लामा ज्यान गुमाउनेको संख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७ आइतबार ००:००  ५ : ०२ बजे