चितवन ।
चितवनमा कोरोना संक्रमित एक पुरूषको गएराति उपचारको क्रममा मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार कात्तिक १९ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामीसमेत थिए ।
प्रतिक्रिया