१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अमेरिकाको जर्जिया राज्यमा पनि बाइडेनको जित



काठमाण्डौ ।

अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ । जर्जियामा हातैले फेरि मतगणना गरिएको थियो । योसँगै सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने उहाँ नै पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नुभएको छ । १६ इलेक्टोरल मत रहेको जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति चुनावमा उहाँका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाउनुभएको छ ।

अमेरिकाका सबै ५० राज्यको मतगणना सकिँदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ । यस्तै डोनाल्ड ट्रम्पले २ सय ३२ मत पाउनुभएको छ । अमेरिकी राष्ट्रपति चुनावमा ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिने छ ।
डोनाल्ड ट्रम्पले भने चुनाव धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित धेरै राज्यमा उजुरी दर्ता गराउनुभएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७ शनिबार ००:००  १ : ३३ बजे