१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

गोविन्द केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने



काठमाण्डौ ।

कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराउनुभएको छ ।

उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निस्शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार निस्शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७ शनिबार ००:००  ११ : ३७ बजे