काठमाडौँ ।
देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, सोही कारण मौसम सफा हुने देखिएको जल तथा मौसम विभागले जनाएको हो ।
अहिले देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया