मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारको जीवन माटोले धानिएको छ । उनी माटासंग खेलेको ४ दशक बढी भयो । तिहारमा बढी बिक्री हुने भएकाले ५८ वर्षे उनी अहिले घरमा बनाएका माटाका सामग्री बेच्न ब्यस्त छन ।
कोरोना भाइरसका कारण लामो लकडाउनले बेचर्खी बनेका उनी तिहारमा समेत सामग्री न्युन मात्रामा बिक्री भए पछि निरास भएका छन । उनी चाडपर्व आउदा साथ महिना डेढ दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन् ।
राम्रो भाडाकुँडा बनाउँछन् । १५ वर्षको उमेरबाटै माटोकै भाडाकुँडा बनाउँदै आएका उनले भने व्यापार दिनानुदिन खस्कदो छ । चुलौचोकोकै समस्या हुन थालेको छ । माटाका भाडाकुँडा बनाउने कोहार समुदायको पेशा संकटमा परको छ ।
जिल्लामा हिन्दुहरुको कोहार र मुस्लिमहरुको कसघड जातिले माटाका भाडाँहरु बनाउने गर्छन । उनीहरुको यही पुख्यौली पेशा हो । ‘बिगतमा माटाका सामग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निरास हुँदै भने ‘रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढे पछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ ।’
‘अरु बेला खासै बिक्री नभए पनि चाडबाडले भ्याई नभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आजभोलि व्यापार छैन् ।’ ‘माटोका भाडाका राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको दुखेसो गरे ।’
भाडाकुँडा बिक्री हुन छोडेपछि कोहार समुदायलाई पुख्यौली पेशा जोगाई राख्न सकस भएकोले उनी चिन्तित छन् । ७ जनाको परिवार जेनतेन पालेको छु उनले भने । ‘तर अब जवानी विताएको पेशामा टिकिराख्न गाह्रो छ’ उनले भने ।
माटोका सामग्री बनाउन काँचो माटोको जोहो गर्न पनि गाह्रो हुने गरेको उनले बताए । ‘ पहिलो नजिकैको पोखरीमा पाईथ्यो अहिले टाढा टाढा जानु पर्छ’ उनले भने । काँचो माटोबाट बनाएको सामग्रीलाई घाममा सुकाउने अनी आगोमा पोले पछि बल्ल माटोका सामग्री बन्ने गर्छन । तर त्यति मेहनत र परिश्रमले बनाएको सामग्री बेच्नेलाई पनि हम्मे हम्मे पर्ने गरेको उनले गुनासो गरे ।
४ वर्ष अघिसम्म दशैं तिहारको बेला माटोका भाडाकुँडा बेचेर ४० देखि ५० हजार कमाई हुन्थ्यो उनले भने । तर यो वर्ष मुस्किलले ९ हजारको पनि ब्यापार नभएको उनले बताए । उनले माटो भाडकुँडा दियो, खुत्रुके, चुल्हो, गमला, हाडी, गिलास र गाग्री बनाउन गजबको सृजना गर्छन् ।
उनी मात्र नभई महुवाका रामकिशोर कोहार पनि उस्तै पिरलोमा छन् । ‘तर पनि यस वर्ष माटाका भाडाकुँडा बनाउँदैछु’ उनले भने, ‘माटोको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको छ ।’ माटोको भाडाकुँडा बिक्री हुन छोडे पछि कोहार समुदायलाई पुख्यौली पेशा जोगाई राख्न धौधौ बनेको छ । प्रविधि विकासले विद्युतीय, प्लास्टिक र अन्य कृत्रिम सामग्री प्रयोग ह्वात्तै बढेको छ ।
‘राम्रो चिटिक्क देखिन्छ’ तौलिहवाका अनिल कोहारले भने, ‘पसलै पिच्छे पाइन्छ ।’ सस्तो र सजिलै पाइन्छ उनले भने । पेशा चौपट पारेको छ । तर सामग्री प्रयोग गर्दा हुने वातावरणीय नोक्सानी तिर कसैले ध्यान दिदैनन् ।
‘अब माटोका भाडाकुँडा बिक्री गरी बाच्न सकिन्न’ उनले भने, ‘लालाबाला कसरी पढाउने ? ३ दशक देखि भाडाकुँडा बेचेर घर गर्जो चलाउदै आएका उनले भने । पढेको छैन् अब के गर्ने कसो गर्ने चिन्तामा छु । विषेश गरी दशैं र तिहारका बेला माटोका भाडाकुँडाको माग ह्वात्तै बढ्छ । गाउँशहरका प्रत्येक घरमा पहिले दशैं तिहारमा माटोको दियामा बत्ती बालिन्थ्यो । तर आजभोलि माटोको दियो बाल्ने घर कम भईसके । त्यस्तै दशैं तिहारका बेला बालबालिका माटाका भाडाकुँडामा खेल्दै रमाउथे ।
‘दुई तीन साता यहाँका माटोका बजार बालबालिकाले नै भरिन्थ्यो’ स्थानीय रामदेब कोहरले भने, ‘अहिले प्लास्टिकको भाडाकुँडाले बजार पाउँदा बालबालिका बजारै आउन छाडे ।’ चार्डपर्व आइसक्दा पनि बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हो, गमला, हाडी, गिलास र गाग्री लगायतका सामग्रीको माग छैनन् ।
४ वर्ष अघिसम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउँदै आएका महुवा गाउँका पुन्नवासी कोहारले अब यो पेशाले चुलोचौको थेग्न नसक्ने बताए । ‘प्लाष्टिकको झिलिमिली बत्ती, मैनबत्तीको प्रचलन गा“उसम्म पुग्यो’ उनले भने, ‘माटोका भाडाकुँडा दियो बिक्नै छोड्यो ।’
५ वर्ष अघिसम्म दशैंका तिहारको बेला माटोका भाडाकुँडा बेचेर ३५÷४० हजार कमाउन गरेको कपिलवस्तु नगरपालिका–३ कुदानका चिन्कु कोहारले बताए । तर यो बर्ष १० हजारको पनि व्यापार गर्न गाह्रो भएको बताए । ‘प्रदुषण नहुँदा स्वास्थ्यका हिसाबले पनि माटोका भाडाकुँडा राम्रो हो’ उनले भने, ‘तर जान्दाजान्दै पनि उपभोक्ता प्लाष्टिकका सामान तर्फ नै आर्कषित हुन्छन् ।’
पुख्यौली पेशाले जीवन धान्न धौ धौ परेपछि कोहार जातीको पेशा संकटमा परेको हो । पेशा संकटमा परे पछि पुख्र्यौली पेशा बुढापाकाले सम्हालेको सेमरीका नारद कोहारले बताए । युवा भने बैदेशिक रोजगारी र अन्य बैकल्पिक पेशा रोज्न थालेको उनले थपे । तराईमा माटोका भाडाकुँडा बनाउने कोहार जाती हुन् । राष्ट्रिय जनगणना ०६८ अनुसार यहाँ करिब ३ सय घरपरिवार कोहार जाती छन् । अधिकांशले पेशा अंगाल्दै आएका छन् ।
प्रतिक्रिया