मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल बाल संगठन कपिलवस्तु शाखा तदर्थ समितिमा दुई सदस्य मनोनयन भएका छन् । संगठनको जिल्ला तदर्थ समितिका अध्यक्ष गोपालमणी ज्ञवालीले कपिलवस्तु शाखा तदर्थ समितिमा दुई सदस्य मनोनयन गरेसंगै तीन सदस्यिय तदर्थ समिति पुगेको छ ।
कार्तिक २८ गते तदर्थ समितिमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का सन्तोष कुमार श्रीवास्तव (रिन्कु) र कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का श्याम प्रसाद सुवेदीलाई सदस्य पदमा मनोनयन गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
बाल संगठनले तौलिहवामा सञ्चालन गर्दै आएको कपिलवस्तु बाल गृहमा अहिले २९ अभिभावक विहिन बालकहरु रहेका छन । सरकारले हालै अघिल्लो कार्य समिति भंग गरी ज्ञवालीलाई तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेको थियो ।
प्रतिक्रिया