मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कार्यरत राजश्व समूहका दुई उपसचिवको एकै पटक सरुवा भएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कार्यालय प्रमुख पूर्ण प्रसाद न्यौपाने र भन्सार कार्यालय कृष्णनगरका कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलको सरुवा भएको हो ।
पौडेलको त्रिविस्थल भन्सार कार्यालयमा सरुवा हुनुभएको छ भने न्यौपानेको खुलाइएको छैन । दुई बर्ष अवधि पुगेका दुवै कार्यालय प्रमुखको सरुवा भएको जनाइएको छ ।
अब आन्तरिक राजश्व कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा दिनेश पाण्डे आउनुहुने भएको छ भने भन्सार कार्यालयमा जनार्दन पौडेल आउनुहुने भएको छ ।
प्रतिक्रिया