१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

४० दिनपछि आज नेकपा सचिवालय वैठक, गलाउने दुवै थरीको रणनीति



काठमाण्डौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट केही लचिलो हुँदै सचिवालयको बैठकमा बस्न राजी भएका छन् । प्रधानमन्त्री लचिलो बनेपछि शुक्रबार दिउँसो नेकपा सचिवालयको बैठक बोलाइएको छ ।

सचिवालय बैठक बोलाउन दुईपटक ९कात्तिक २३ र कात्तिक २५ मा० अल्टिमेटम दिइसकेका कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले विहीबार पनि ओली सहमतिमा नआए बहुमत सदस्यहरुको बैठक राख्ने तयारी गरेका थिए । तर, प्रधानमन्त्री ओली बैठकमा बस्न तयार भएपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (विहीबार० चाल्न सक्ने अनुमान गरिएको कदम रोकिएको छ ।

दुबै अध्यक्षवीच शुक्रबारको मितिमा सहमति जुटेपछि महासचिव विष्णु पौडेलले दुबै अध्यक्षको परामर्शमै दिउँसो ४ बजेका लागि बैठक डाकिएको जानकारी सचिवालयका नेताहरुलाई दिएका छन् । ओली र प्रचण्डबीचको विवादका कारण असोज १९ यता सचिवालय बैठक बस्न सकेको थिएन । ४० दिनपछि शुक्रबार बल्ल बैठकमा बस्न दुबै पक्षका नेताहरु तयार भएका हुन् ।

सचिवालयको बैठक बोलाउनेबारे मंगलबार पनि बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच छलफल भएको थियो । प्रचण्डले बुधबार नै बैठक राख्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले संखुवासभा जाने कार्यक्रम रहेको जानकारी दिएपछि बुधबार बैठक सम्भव भएन ।प्रचण्डले मंगलबारको भेटमा संखुवासभाबाट फर्केपछि बिहीबारै बैठक बोलाउन ओलीलाई प्रस्ताव गरेका थिए । तर, विहीबारको साटो शुक्रबार दिउँसो बस्ने सहमति जुटेको छ । र, दुबै पक्षको सहमतिमै बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७ शुक्रबार ००:००  ७ : ३१ बजे