मायादेवी अनलाइन, चार नम्बर ।
उद्योग व्यापार विस्तार भइरहेको कपिलवस्तुको मुटु बाणगंगा नगरपालिकामा द डिलाइट क्याफे एण्ड रेष्टुरेन्ट थपिएको छ । वडा नम्बर ४ तौलिहवा रोड सिद्धिपुरमा केही युवाहरु मिलेर सो क्याफे संचालनमा ल्याएका हुन् ।
क्याफेको बुधबार उद्घाटन गरिएको थियो । कोरोना महामारीको समयमा लगानी खेर जाने डर कायमै रहेको अवस्थामा केही नयाँ परिकारका साथ क्याफेलाई संचालनमा ल्याइएको संचालक विरेन्द्र रेग्मी र तेजजंग थापाले मायादेवीलाई बताउनु भयो ।
क्याफेमा आएपछि ग्राहकले लोपउन्मुख केही मौलिक नेपाली चिज वस्तुहरु देख्न पाउने र कटेजहरु पनि विशेष पाउने ब्यवसायी रेग्मीले बताउनु भयो ।
विदेश जान भन्दा आफ्नै क्षेत्रमै केही गर्ने सोँचले जोखिम मोलेको संचालक रेग्मीले बताउनु भयो । अन्य स्थानमा नपाइने थिचेको आलु, क्याबेज मम, गोर्खाली आलु चट्पट् लगायतका नयाँ स्वादका परिकार भएको हुँदा ग्राहकको आकर्षण बढ्न सक्ने रेग्मी बताउनु हुन्छ ।
उद्घाटन र तिहारको अवसरमा विशेष छुटको ब्यवस्था गरिएकाले मौकाको फाइदा उठाउन समेत संचालकको आग्रह छ ।
प्रतिक्रिया