काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरण क्यानको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
उनले प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको पनि जनाएका छन् । ‘साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, सल्लाहकार थापाले फेसबुकमा फोटोसहित राख्दै भनेका छन् ।
प्रतिक्रिया