दाङ ।
दाङमा प्रहरी करिब ७ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार भएका ४४ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ।
प्रहरीले गत वैशाख १ गतेदेखि मंगलबार कात्तिक २५ गतेसम्म अदालतबाट दोषी ठहर भई विभिन्न मुद्दामा फरार भएका ४४ जना अभियुक्तहरूलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै चोरी मुद्दाका १० जना अभियुक्तहरू रहेका छन्, भने कर्तव्य ज्यान मुद्दाका ७ जना, ज्यान मार्ने उद्योगका २ जना, सवारी ज्यानका २ जना, जवरजस्ती करणीका ५ जना, मानव बेचबिखनका १ जना, लागु औषधका ४ जना, बहुविवाहका २ जना, लेनदेनका ३ जना, बन सम्बन्धीका २ जना र सार्वजनिक अपराध सम्बन्धीका ६ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।
अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्तहरुलाई खोज तलास गदै जाँदा विभिन्न समयमा पक्राउ गरिएको उनले बताए।
पक्राउ परेकाहरूबाट १३५ वर्ष ८ महिना १ दिन कैद सजाय र ३ लाख ८१ हजार ८६६ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया