काठमाण्डौँ ।
महिला विरुद्ध हुने सवै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरु संलग्न समिति (सिड) मा नेपालका उम्मेद्वार बन्दना राणा पुनस् निर्वाचित भएकी छन् । स्वतन्त्र विज्ञका हैसियतमा आगामी २०२१र२०२४ अवधिका लागि राणा दोस्रो पटक समितिमा निर्वाचित भएकी हुन् । मानव अधिकार परिषद्मा पुनस् निर्वाचित भएको एक महिनाभित्रै नेपाललाई कूटनीतिक सफलता मिलेको छ ।
निर्वाचनमा संसारभरका १९ प्रतिष्पर्धी मध्ये १६ लाई पछि पार्दै कुल १३७ मत प्राप्त गरी तेस्रो स्थानमा राणा बिजयी भएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । राणा हाल पनि सिडमा सदस्य छिन् ।
प्रतिक्रिया