१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तिलोत्तमामा देउसी भैलो खेल्न निषेध



तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसवर्ष देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोनाको कारण देखाउँदै नगरपालिकाले नगर क्षेत्रभित्र देउसी भैलो नखेल्न आग्रह गरेको हो ।

आइतबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र कोरोना भाइरस समुदायस्तरमा तीव्र रुपमा फैलिएकाले शुभ दिपावलीको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम नगर्न र नगराउन भनेको हो ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि तिहारमा देउसीभैलो नखेल्न जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए । साथै पटकाजन्य वस्तु समेत नपड्काउन नगरपालिकाले नगरबासीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७ सोमबार ००:००  ५ : ३७ बजे