काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ ।
स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो । कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको संकट टरेको मानिएको थियो ।
अहिले फेरि अध्यक्ष ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएको छ ।
पार्टीभित्र फेरि संकट देखिएकाले कार्यदल सक्रिय बनाइएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।
कार्यदलका सदस्यहरुसँग छुट्टा(छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले आज सोमबार संयुक्त छलफल राखेका छन् ।
कार्यदलका सदस्यहरुले आजै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेका छन् । अर्का अध्यक्ष प्रचण्डसँग भने भेट्ने समय तय भइसकेको छैन ।
कार्यदलमा नेकपाभित्र तीनै खेमा ९ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल० का दुईरदुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा दबाव दिन कार्यदल सक्रिय बनाइएको एक सदस्यले बताए । ओलीले आफ्नो कार्यक्षेत्र मिचिएको गुनासो गर्दै आएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय बिपरीत सरकारले निर्णय गरिरहेको आरोप लगाएका छन् ।
कात्तिक १५ मा अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको भेटपछि पार्टीमा फेरि संकट गरिदिएको छ । त्यो भेटमा ओलीले सल्लाहमा अलग होऔं भन्ने प्रस्ताव राखेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री ओली पक्षले भने प्रचण्डले प्रधानमन्त्री पद मागेको दाबी गरेका छन् ।
पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित बहुमत सचिवालय सदस्य (प्रचण्ड, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ० ले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाएका छन् । तर बैठक अझै तय भएको छैन ।
प्रतिक्रिया