एजेन्सी ।
मुख्य फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेको अनुपस्थितिमा अर्जेन्टिनी विंगर एन्जल डि मारियाले दुई गोल र एक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी०ले फ्रेन्च लिग वानमा रेनेसलाई सहजै हराएको छ ।
पीएसजीले रेनेसमाथि ३–० को सहज जित निकालेको हो । अर्को एक गोल मोइस किनले गरे । चोटका कारण दुवै खेलाडी टोली बाहिर छन् । पार्क डि प्रिन्सेसमा शनिबार राति भएको खेलमा घरेलु टोली पीएसजीले खेलको ११औं मिनेटमा मोइस किनको गोलबाट अग्रता लिएको थियो । उनले डि मारियाको पासमा गोल गर्न सफल भएका थिए ।
२१औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए । २७औं मिनेटमा स्टेभेन एनजोन्जीको फ्लिक हेडर पोस्ट नजिकैबाट बाहिरिदा रेनेसले गोल अन्तर घटाउनबाट चुक्यो ।
प्रतिस्पर्धात्मक दोस्रो हाफको ७३औं मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले कोलिन डग्वाको पासलाई सदुपयोग गरेका थिए । ७५औं मिनेटमा रेनेसले अर्को अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १० खेलबाट २४ अंक पुगेको छ । पराजित रेनेस १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया