१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेकपा कपिलवस्तुद्धारा शोक सभा आयोजना



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चन्द्र प्रकाश खनाल ‘बलदेव’ले स्वर्गीय लुक कुमारी खनालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभएको छ । स्वर्गीय खनालले थुप्रै कम्युनिष्ट नेताहरु उत्पादनमा गर्ने काममा अविष्मरणिय भूमिका खेलेको भन्दै उहाँले स्मरण गर्नुभयो ।

शोक सभामा नेकपाका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायले असल आमाहरुकै योगदानबाट आज नेपालमा कम्युनिष्ट सरकार बन्न सफल रहेको चर्चा गर्दै असल आमाहरुले देखाएको बाटोमा सरकार हिड्न सके समृद्ध राष्ट्र निर्माणको जनचाहना पुरा हुने विश्वास प्रकट गर्नु भयो ।

शोक सभामा नेकपाका नेताहरु जनी बन्जाडे, बालकराम बुढा, दोर्ण बहादुर पुन ‘दिनेश’ले शोक मन्तब्य राख्नु भएको थियो । शोक मन्तब्य राख्दै स्वर्गीय प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।

नेकपा कपिलवस्तुद्धारा आयोजित शोक सभा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ को संचालनमा सम्पन्न सभामा नेकपाका नेताहरु भानु प्रकाश श्रेष्ठ, क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रहुफ, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतका नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

स्वर्गीय लुक कुमारी खनाल नेकपा कपिलवस्तुका जिल्ला कार्यालय सदस्य कपिलदेव खनालकी ममतामयी माता हुनुहुन्छ । उहाँका ३ छोरा र एक छोरी हुुनुहुन्छ । उहाँको ८० वर्षको उमेरमा १७ गते सोमबार निधन भएको नेकपाका नेता डम्मर शर्माले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  ९ : ५४ बजे