मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा पुनः देवी प्रसाद पाण्डे चयन हुनुभएको हो । शनिबार जनता मावि पिपरामा सम्पन्न १३ बार्षिक साधारण सभाबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा योगेन्द्र प्रसाद शर्मा, सचिवमा टिकाराम पौडेल र कोषाध्यक्षमा रमेश पन्थी र अन्य सदस्यहरुमा रहनुभएको छ ।
यसैगरी नवदत्त घिमिरेको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति पनि गठन गरिएको सहकारीका ब्यवस्थापक सागर घिमिरेले जानकारी दिनुभयो । जसको सदस्यमा विष्णु प्रसाद भण्डारी र झबिन्द्र प्रसाद पौडेल रहनुभएको छ ।
साधारण सभा तथा अधिवेशनमा बोल्दै प्रमुख अतिथि सांसद विष्णु पन्थीले प्रदेश सरकारले संचालन गरेका कृषि उपजका कार्यक्रममा सहभागीता जनाउन सहकारीलाई आग्रह गर्नुभयो । प्रदेशका कृषि उपज कार्यक्रममा सहभागीता जनाउन चाहने सहकारीसंग सहकार्य गरिने सांसद पन्थीले बताउनुभयो ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिबेदन सचिव टिकाराम पौडेलले प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक प्रतिबेदन कोषाध्यक्ष रमेश पन्थी र लेखा प्रतिबेदन लेखा संयोजक नवदत्त घिमिरेले प्रस्तुत गर्नुभएको हो । सहकारीले एक वर्षमा ७० करोड भन्दा बढीको कारोबार गर्न सफल भएको छ ।
प्रतिक्रिया