मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको तौलिहवास्थित सयममाई बचत तथा ऋण सहकारीको १२ आंै साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा पुनः मधुसुदन श्रेष्ठ पुनः निर्बिरोध चयन भएका छन ।
२०६६ सालमा स्थापना भएको सहकारीमा अहिलेसम्म उनी नै अध्यक्ष भएका छन । श्रेष्ठ कै अध्यक्षतामा ७ सदस्यीय संचालन समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा जर्नादन पराजुली, सचिवमा गोपीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ तथा सदस्यहरुमा विश्वराज पाण्डेय, उमा सिंह कार्की र शान्ता रुपाखेती रहेका छन ।
यस्तै लेखा समितिको संयोजकमा पुन्य प्रसाद पन्थी तथा सदस्यहरुमा नविन बहादुर श्रेष्ठ कमलराज पन्थी चयन भएका छन । सहकारीमा १ हजार ५५ शेयर सदस्य छन ।
मधुसुदन श्रेष्ठको अध्यक्षता र बिश्वराज पाण्डेयको संचालनमा भएको कार्यक्रम ८६ बर्षीया बृद्धा उमादेवी अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा डाक्टर सुशील श्रीवास्तव र जर्नादन पराजुलीले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा सविच अब्दुल अजिज शेषले गत आर्थिक बर्षको प्रतिबेदन र कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले गत आर्थिक बर्षको १ करोड ८२ लाख ७७ हजारको आय ब्यायको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया