काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।
बिहान ११ बजेदेखि बसेको बैठक दुई घण्टा चलेको थियो । बैठकमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बुझिएको छ ।
शुक्रबार प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकको निष्कर्षअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी थिए । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा चार सचिवालय सदस्य भने अनुपस्थित थिए । अनुपस्थित हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा थिए ।
प्रतिक्रिया